इन्द्रेणी संवाददाता
दाङ, २६, असार । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार सदस्यमा नरहने भएका छन् ।

209158248_167426905377899_9009971211060517628_nदाङ जिल्ला उद्योग वाणिज्य संघको छुट्टै ऐतिहासिक गरिमा रहेको संस्था भएको र यस्तो संस्थाको नेतृत्वमा रहेको व्यक्ति संस्थाको नैतिकताले पनि नदिने निष्कर्ष निकाल्दै सल्लाहकार सदस्यमा नरहने घोषणा गरेका हुन् ।

आज संघका अध्यक्ष बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले सयुक्त जिज्ञप्ति जारी गर्दै प्रतिष्ठानबाट अध्यक्ष बुढाथोकीलाई सल्लाहकार सदस्यमा नियुक्त गरिएको पत्र प्राप्त भएपनि अन्य ढंगबाट रहयोग गर्ने तर सल्लाहकार सदस्यमा नरहने जानकारी गराएका छन् । संघले नेतृत्व गरेको सबै राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्था सहभागी गठिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति अहिले पनि क्रियाशील भएकाले सोही समितिबाट आवश्यक सहयोग गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।