काठमाडौं, २३ असार । नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दावी गरेको छ ।
आज बुधवार सिंहदरबारमा बसेको बैठकले धेरै कुरा मिलाएको र सहमति हुन बाँकी केही विषय भोलिसम्म टुङ्गो लाग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।
विवादका हरेक विषयवस्तुमा प्रवेश गरेर छलफल भएको र सहमतिको विन्दु पनि पहिल्याउने काम भएको नेताहरुको दावी छ । टुङ्गो लाग्न बाँकी केही मुख्य विषयमा शीर्ष नेतासँग पनि छलफल गर्ने तयारी छ ।











