इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङ प्रहरीले ज्यानमारा मुद्दाका फरार जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही ३ लक्ष्मीपुरका ३८ वर्षिय राजेन्द्र चौधरी रहेका छन् ।
उनलाई सर्बाेच्च अदालतले २०७३ असार २८ गते कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो । उनलाई लक्ष्मीपुरमै लुकिछिपी वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहर िकार्यालय दाङले जनाएको छ ।
त्यसैगरी २०७० जेठ ८ गते वहुविवाह मुद्दामा पुनरावेदन अदालत तुलसीपुरले एक वर्ष ४ महिना कैद फैसला गरेका फरार अभियुक्त घोराही ३ कुइरेपानीका ३० वर्षिय विक्रम खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनलाई घोराही १७ चौघेरामा आफ्नो ससुरालीमा लुकिछिपी वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि दुबै अभियुक्तलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।











