दाङ, १३ असार । दाङको बंगलाचुली गाउँपालिकाको जडिबुटी पकेट क्षेत्रमा सरोकारवासँगको सम्वन्वयात्यम छलफल कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि खेती बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाको जडिबुीि पकेट क्षेत्रमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सर्वोत्तम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड दाङका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि बक्ताहरुले बंगलाचुली गाउँपालिका जडिबुटिको पकेट क्षेत्र भएको भन्दै जडिबुटिको बिकास लागि सवै लाग्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडिबुटिको बिकासका लागि स्थानीय सामुदायिक वन समूह र कृषि समूहहरुसँग समेत समन्वय गरेर जडिबुटि खेतीलाई बिस्तार गर्नुपर्नेमा जोड दिए । जडिबुटिखेती स्थानीयले लगाइरहेपनि त्यसको बजारीकरण र जडिबुटिमा आधारित उद्योग सञ्चालनका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बंगाचुली गाउँपालिका वडा नं ५ का अध्यक्ष एनुराज खत्री, वडा नं ३ का सदस्य मेवबहादुर जिसी, वडा नं ४ का सदस्य लालबहादुर गिरीले आफ्नो वडामा भएको बस्तुस्थिति र जडिबुटि खेतीको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँहरुले जडिबुटि खेतीका लागि आफूहरुले वडाबासीलाई जानकारी गराउने प्रतिवद्धता ब्यक्त ।
कार्यक्रममा डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीले यो बर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था मार्फत बंचलाचुली गाउँपालिका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडामा जडिबुटि खेती बिस्तारको कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।











