दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले समय र सिर्जना कार्यक्रम सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअलमार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को तेस्रो कार्यक्रम अन्तर्गत समय र सिर्जनामा सामुहिक रचना वाचन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

203946352_230987118599462_6110932794179304968_nराप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् जनक शिक्षा सामाग्री केन्द्रका पुर्व उप(निर्देशक तथा मध्यपश्चिम क्षेत्रको लोक साहित्य र संस्कृतिका अध्ययता बरिष्ठ साहित्यकार मनोहर लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा बरिस्ठ साहित्यकारहरू डा अमर शाह, डा। कृष्णराज डि सी, डा मधुसूदन लामिछाने, टिकाराम उदासी, नारायण नेपाल (दाङ), केशव थापा, कमलमणि देबकोटा, डा पुर्ण भण्डारी पंकज, डा लोकराज पराजुली, केशवराज देबकोटा, दामु मर्सिफुल, डिल्लीराज श्रीधर, मौसमदास श्रेष्ठ, जागेश्वर शर्मा घिमिरे, हरिप्रसाद पाण्डेय, सिक्किमबाट राधा पाण्डेय, जीविका खतिवडा अमेरिकाबाट शरद पोख्रेल, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाघ्याय, प्यूठान शाखाका अध्यक्ष बिमला खनाल, रूकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्मा, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष मुकुन्दप्रसाद रन्जितकार र निशान्त आचार्य, बर्तमान महासचिव टंकबहादुर रावत अन्नत, साहित्यकारहरू गोपाल प्रसाद शर्मा, मुकुन्द राज पोख्रेल, ऋषि शर्मा सुदामा, यम रेग्मी, विपिन घिमिरे, सन्धा रेग्मी, श्रीकृष्ण पोखरा, नारायण नेपाल ९काठमाडौ० माधव पोख्रेल, प्रकाश के सी (रुकुम) केशर (धनगढी) घनश्याम अस्तित्वले आफ्ना प्रस्तुती राखेका थिए ।
त्यसैगरी साहित्यकारहरु नारदप्रसाद भण्डारी, बिमला डाँगी विकलता, गुरुप्रसाद कुमाल बुलबुल ,बसन्त वली बसन्ती, प्रतीक संग्रामी, पृथक हिमाल ओलि, अभि क्षेत्री समर्पण, ध्रुव गिरी, राजकुमार खड्का, नवराज आचार्य, चक्र डि सी, रामप्रकाश चौधरी, शुशिला आचार्य, हरिचन्द्र शर्मा, कमलराज वली, भिमा पाण्डे, टोपबहादुर, विनायक पन्त, सन्तोष हरदम मगर, ओमप्रकाश देबकोटा, अनिता शर्मा, फणीन्द्रराज देबकोटा, सिद्धनारायण आचार्य, विक्रम वली, मनोज पीडित, भुमी क्षेत्री, पुष्कर खड्का भावुक, अर्चितबाबु मर्सिफुल, रोहित वली, डिभाइड शर्मा, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायत अन्य साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा स्वदेशगान प्रस्तुत गरि रचना वाचन कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त समय र सिर्जना कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माले स्वागत मन्तव्य ब्यक्त गर्नुका साथै कार्यक्रम को सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।