सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारले दुई जना मन्त्रीलाई थप गरेको छ । नेपाली कांग्रेसबाट थपिएका दुईजना मन्त्रीको शपथ दिउँसो २ बजे हुदैछ ।

karnaliमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै हिजो बेलुकी मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको हो ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएको कांग्रेसले हिजोमात्रै सरकारमा दुई मन्त्री पठाउने निर्णय गरेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसको समर्थनसँगै एमालेका चार जना सांसदले फ्लोरक्रस गरेर सरकार जोगाएका थिए ।