काठमाडौं, २१ जेठ । कामचलाउ सरकारका प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन् ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर, राजेन्द्र महतोसहित उक्त पार्टीलाई केही मन्त्री दिएर ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका हुन् । ठाकुर र महतोलाई उपप्रधानमन्त्री दिने सहमति भएको छ ।
जुसपा पक्षबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आजै शपथ ग्रहणको तयारी भएको छ । ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । शपथ ग्रहण आजै राति ८ बजे गरिदैछ ।











