काठमाडौँ, २१ जेठ । निषेधाज्ञाका क्रममा खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट लिन सर्वसाधारण सरकारी आउटलेटरबिक्री केन्द्रमै पुग्नुपर्ने भएको छ । बजेट वक्तव्यमार्फत छुट दिने घोषणा गरेको सरकारले खरिद गर्न भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका आउटलेट नै पुग्नुपर्ने सर्त राखेको हो ।
बिनातयारी हचुवामा छुट दिने निर्णय गरेको भन्दै आलोचना भएपछि बिहीबार अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङबीच छलफल भएको थियो । शुक्रबारदेखि छुट दिने निर्णय भएको छ । तर छुटका लागि सरकारी आउटलेट नै पुग्नुपर्ने प्रावधानले निम्न वर्गले छुट पाउने सम्भावना न्यून रहेको सम्बद्ध संगठनहरू बताउँछन् ।
बिरामीका लागि औषधि किन्न जाँदा प्रहरीले रोक्ने गरेको अवस्थामा छुट लिन आउटलेटसम्म कसरी पुग्ने रु छुट लिन हिँडेर जान कसरी सम्भव होला रु,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘आधारभूत निम्न वर्गका लागि राहत पुग्दैन । मजदुरीबाट दैनिक गुजारा चलाउनेलाई छुटबारे जानकारी पनि छैन । यो पूर्णतः अव्यावहारिक निर्णय हो ।’ सर्वसाधारणलाई छुटरराहत नै दिनका लागि निश्चित ठाउँरचोकका किराना पसलबाट छुट दिने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । कान्तिपुरबाट











