इन्द्रेणी संवाददाता
काठमाडौं, २० जेठ । नेपालमा पछिल्लो २४ घण्टमकम पाँच हजार ८२५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार वितेको २४ घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने ७५ जना सङ्क्रमितको मृत्यु भएको छ ।











