काठमाडौं, १९ जेठ। सरकारले तीन देशका लागि अन्तर्राष्ट्रिय उडान खोलेको छ । चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिोका पनि तयार भएको छ ।

bhutan airlineनेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । भोलि बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दैछ । कतार एयरलाइन्सले आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिएका छन् । टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार छ।

यी देशबाट नेपाल आएपछि तीन दिन होटल क्वारेन्टाइनमा बस्ने र केही दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । कोरोनाको जोखिम कम गर्न सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो ।