काठमाडौं, १३ जेठ । देशका विभिन्न ठाउँमा केही दिन ठूलो पानी पर्ने भएको छ । आजदेखि शनिवारसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्हरुले सबैमा अनुरोध गरेका छन् ।

rainnnबङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ ।