इन्द्रेणी संवाददाता
काठमाडौं, १० जेठ । नेपालमा वितेको २४ घण्टामा सात हजार एक सय ३५ जनाले कोरोनालाई जितेका छन् । आज सोमवारमात्रै देशभर सात हजार एक सय ३५ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज नेपालमा १८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।











