काठमाडौं, ७ जेठ । आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद्सले बताएका छन् ।

akasमौसमविद् मिर श्रेष्ठका अनुसार आजराति प्रदेश १ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश १ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश २ का थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।