काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।
यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्मको समय दिएकी छन् ।











