नवलपरासी, ५ जेठ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको बस नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।

accdent

Photo file

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलामा खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको नवलपरासी पश्चिम प्रहरीले जनाएको छ ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीएसपी राजु लामाले बताए । मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको छ भने अन्यको परिचय खुल्न बाँकी रहेको छ ।  घाइतेहरुको विवरण संकलन भइरहेको छ ।

दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।