बाँके, २८ वैशाख । कोरोना सङ्क्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

koronaसङ्क्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरी थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मङ्गलबार दिउँसोसम्म भएको हो ।