पोखरा, २६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्।
गुरूङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा बुझाएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।
प्रदेश सभाको विशेष अधिवेशनमा भोली सोमबार मात्रै मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको थियो।











