दाङ, २४ बैशाख । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

182643547_1208930032895255_2442174493952276515_n (1)जेसिजका पूर्व अध्यक्ष मोहन सुनार,अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेनसका रुपमा प्रयोग गर्नेगरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले बताए ।

यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख पाण्डेले अफुहरु अहिले कोरोनासंगको युद्धमा लडिरहेको बताउँदै जितेर छाड्ने बताए । अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले सम्पर्क नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।