इन्द्रेणी संवाददाता

काठमाडौं, २१ बैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

parchandप्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले निर्णय गरेपनि बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने माओवादी केन्द्रले जनाएको छ ।