बैतडी, २१ बैशाख । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका प्रहरीले जनाएको छ ।
से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको हो । सोमवार (हिजो) चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका र ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरी जनाएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको छ ।











