बुटवल, १९ बैशाख । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा यही वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आज संसदमा पेस हुने र भोलि मतदानमार्फत टुङ्ग्याउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।











