दाङ, १५ बैशाख । नेपाल पत्रकार महासंघ दाङको टोली कोरोना सक्रमणबाट निधन भएका पत्रकार दामोदर अधिकारीको घरमा पुगेर समवेदना ब्यक्त गरेको छ ।

42185894_2367692746580103_988960183189241856_nनेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य अधिकारीको घोराही उपमहानगरपालिका वडा नं १७ बेलभार स्थित घरमा पुगेर महासंघको टोलीले दिवंगत अधिकारीप्रति श्रद्धाञ्जली एंव परिवारजनमा समवेदमा ब्यक्त गरेको हो । परिवारजनहरुसँगको भेटमा महासंघको टोलीले अधिकारीको मृत्युले दाङले एक कुशल पत्रकार गुमाएको भन्दै शोकलाई शक्तिमा बदल्न अनुरोध गरेको थियो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको सहित उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी, सचिव आ।के शितल, सल्लाहकारहरु सुदीप गौतम र लक्ष्मी आचार्य, पूर्व अध्यक्ष प्रताप रेग्मी, केन्द्रीय परिषद सदस्य हेमराज शर्मा लगायतको टोली अधिकारीको घरमा पुगेको थियो ।

बढ्दो कोरोना सक्रमण र त्यसबाट बच्नका लागि अधिकारीको परिवारले गरेको आग्रह अनुसार थोरै संख्यामा उपस्थित भइ महासंघकोे सिंगो प्रतिनिधित्व हुने गरी समवेदना एंव श्रद्धाञ्जली ब्यक्त गरिएको नेपाल पत्रकार महासंघ दाङका सचिव आर के शितलले जानकारी दिए ।

कोरोना सक्रमणका कारण पत्रकार अधिकारीको बैशाख ७ गते काठमाण्डौमा उपचारकै क्रममा निधन भएको थियो । सदस्य अधिकारीको निधनप्रति शोक ब्यक्त गर्न नेपाल पत्रकार महासंघ दाङले कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाजली ब्यक्त गर्ने समेत ब्यवस्था गरेको छ ।