काठमाडौ, ५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी) को पक्षमा उभिएको छ ।

sherbahadur_deuba_214716162-1मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले आफूलाई एमसीसीकै पक्षमा उभ्याएको हो ।

कांग्रेसले सो विषयलाई कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमा काग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी तत्काल पारित गर्न आग्रह गरे ।