इन्द्रेणी संवाददाता
दाङ, ४, बैशाख । नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । आज पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमको आयोजना गरी चैत्र २५ गतेको निर्वाचनाबाट निर्वाचित कार्यासमितिलाई पद हस्तान्तरण गरिएको हो ।

fnjकार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुदीप गौतमले शपथ खुवाएका थिए ।

महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भुपेन्द्र वलीले नवनिर्वाचित आरके शितललाई महासंघको माइन्यूट हस्तान्तरण गरिएको थियो भने महासंघका अध्यक्ष प्रियासनले आफ्नो कार्यकाललाई सफल बनाउने आफ्नो कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

fnj temपद हस्तान्तरणपछि नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसी जिल्लाका पत्रकारको पेशागत हकहित र महासंघको संस्थागत विकासका गतिविधि समेटिएको १५ बुदे कार्ययोजना प्रस्तुत गरेका थिए । सो अवसरमा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप गौतम, पूर्वअध्यक्ष केपी मसाल, महासंघका सल्लाहकार लक्ष्मी आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, महासंघका पूर्व केन्द्रीय सदस्य मधुसुदन बैद्य, प्रेस संगठनका संयोजक प्रकाश चौधरी, प्रेस चौतारीका सुर्दशन रिजाल, प्रेस युनियनका सुलोचना गौतम, प्रगतिशील पत्रकार संघका महेश रिजाललगायतले विभिन्न सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच महासंघका पहिलो बैठकले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित गराउन र सबै तहबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ भने महासंघको नियमित बैठक, आगामि कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरेको छ ।