काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

kp-sharma-oli-pm-pressबैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले संसदीय दलको बैठक बोलाए पनि पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने भएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी गराए ।