इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

159032159_780613962834706_3330023659886295773_nपक्राउ पर्नेमा भारतको सरावस्ती थाना भरन्गा घरभई हाल दाङको लमही ७ कप्तानगञ्जमा डेरा गरी बस्ने २३ वर्षका शम्शाद राजा रहेका छन् । उनलाई प्रहरीले आइतवार ४ ग्रँम ३६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीको आधारमा उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीबाट २ लाख ४५ हजार नगद र विन नखुलेका लत्ताकपडा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।