केशरमान बुढाथोकी
आज अन्तराष्ट्रिय नारी दिवस विभिन्न सहरहरुका तारे होटेलका सभाहलहरु नारीवादी आदर्शका खोक्रा भासण छाँट्नका लागि फुलमाला र बेलुन हरुले सजिएका छन ।
कुनै एनजिओ, आइएनजिओको बार्षिक कार्यतालिका अनुसार बिनियोजन गरिएको बजेटले आज नारीवादी आदर्शका कुरा गर्न विभिन्न सभा सम्मेलनको आयोजना गरेका छन । तर नेपाली ग्रामीण समुदायका नारीलाई कुनै पत्तो छैन । नारी दिवस के हो रु यो केका लागि रु भन्ने कुरा बाटै बेखबर छन ।
विश्वमै महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा हेरिन थालेपछि महिलाहरुमा जागरण ल्याउनका लागि संयुक्त राष्ट्र सङ्घले वि.सं. १९६६ देखि आजको दिनलाई नारीको दिनका रुपमा मनाउन थालेको हो ।
विश्वका जो कोहि नारीलाई आफू समाजमा दोश्रो दर्जाको नागरिकको अनुभूति नहोस भन्ने उद्देश्य राखेर मान्न थालिएको नारी दिवसको महत्त्व अझै दुरदराजका नारीहरु समक्ष पुग्न नसक्नु दुर्भाग्य हो ।
समाजका नारीहरुलाइ सशक्तीकरण गर्नका लागि भव्य उत्सवको रुपमा मनाउन थालिएको अन्तर्राष्ट्रिय नारी दिवस जतिनै तामझामका साथ मनाउन सुरु गरिएपनी यसको आवस्यकता र महत्व शहरका तारे होटेलमा आयोजना गरिने भव्य नारी दिवसले दर्साउन सक्दैनन ।
सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि १९१४ देखि हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको नारी दिवस सन् १९०९ अघि सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो ।
नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने यसको सुरुवात प्रजातन्त्र आए पछि वि।सं। २००७ देखि नै सुरु भएको हो ।
संसारका सबै नारीपुरुष बराबर भएको भन्दै नारीलाई पनि पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त बनाउन र २१ औं सताप्दीका नारीहरुमा पुरुष सरह जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने मान्यताले आयोजना गरिएको नारी दिवसले अझै एक मुठी सामल खान नसक्ने श्रमिक नारीहरु लाई छुन सकेको छैन । नेपालका शहरी क्षेत्रहरुमा पछिल्लो समय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा परिचर्चा बढ्दो क्रममा छ ।
शहरी क्षेत्रका महिलाहरु यस दिवसलाइ भव्य उत्सवका रुपमा लिएर यो दिवसको अवसरमा भव्य कार्यक्रमहरुको आयोजना गर्दै लामालामा अभियान सञ्चालन गर्दै आएका छन ।
मार्च ८ भन्ने बित्तिकै समान ज्याला, समान मताधिकार र विश्व शान्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू सम्झनामा आउँछन् । ती मुठ्ठी न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज यो स्तरमा जुन व्यापकता र समर्थन बटुलेको छ, यसको जगमा करोडौँ महिला, त्यसमा पनि विशेषतः महिला मजदुरको त्याग र सङ्घर्षहरू चट्टानसरी उभिएको छ । यो दिवसले महिला मजदुर मुक्तिको लामो प्रक्रियाको शुभारम्भको दिनलाई सङ्केत गर्छ । तर नेपालको सन्दर्भमा, नेपाली महिलाहरू जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्,
सामाजिक आर्थिक रूपले पिछडिएका छन्, यो चाडसँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ यो दिवसका बारे जानकारसमेत छैनन् । यही हालतमा सहरका मजदुर महिलाहरू समेत छन् ।
वास्तविक नारीहरुलाइ यस दिवसको अवसर पारेर जागरण ल्याउन थाकिएको झण्डै ६ दशक भएपनी नेपालमा यसको वास्तविक प्रभाव पर्न सकेको छैन ।
मार्च ८ को अवसर पारेर नेपालमा पनि मनाउन थालिएको यो दिवसले गरिबिको रेखामुनि रहेका तथा पिछडिएका महिलाहरुका लागि ठोस योजना लिएर काम गर्न नसक्नु र वास्तविक नारीदिवसको सान्दर्भिकता नारीहरुलाइ नै बुझाउन नसक्नुले यो दिवसको प्रभावकारिता माथी प्रश्न उठाएको छ ।
श्रमिक महिलाहरुको हितमा मनाउने यो दिवसले वास्तविक श्रमिक महिलाहरुलाइ नै प्रभाव पार्न नसकिरहेको वर्तमान अवस्थामा नारी दिवसकै औचित्य माथी प्रश्न सृजना गर्नु हो ।
नेपालको सन्दर्भमा पनि बिगत लामो समयदेखि मनाउँदै आइएको यो दिवसको प्रभाव, यसले चेतनाको स्तरमा ल्याएको परवर्तन, जागरणको दर आदि विषयमा कुनै ठोस परिवर्तन गर्न नसकेपछी आज यसको औचित्य माथी नै बग्रेल्ती प्रश्न उठ्न थालेका छन् ।
समान काम, समान ज्याला, समान मताधिकार र विश्व शान्ति तथा महिला मुक्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू तारे होटेलका भित्ताहरुमा मात्र पोस्टर बनेर आउने मार्च ८ को कुनै औचित्य देखाउदैन ।
हिजो आफ्नो अधिकारका लागि उठेका ती करोडौं मुठ्ठीहरु न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज यो स्तरमा जुन व्यापकता र समर्थन बटुलेको छ, यसको जगमा करोडौँ महिला, त्यसमा पनि विशेषतः महिला मजदुरको त्याग र सङ्घर्षहरू चट्टानसरी उभिएको छ ।
महिला मजदुर मुक्तिको लामो कथा समेटिएको मार्च ८ ले महिला मुक्तिको शुभारम्भको दिनलाई सङ्केत गरेपनि पछिल्ला दिनहरूमा यो महिला मुक्तको अन्य आयामहरूमा पनि फैलिएको छ ।
आफैमा यो एक महान ‘पर्व’ भएपनी आज नाना , खान र छानाको अभावले तड्पिएका हजारौं नेपाली नारीहरु सडकमा बेल्चा र गौंती बोकेर तओ तप पसिना चुहाइरहेका छन ।
नेपालको सन्दर्भमा, नेपाली महिलाहरू जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्, सामाजिक आर्थिक रूपले पिछडिएका छन्, यो चाडसँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ यो दिवसका बारे जानकारसमेत छैनन् । यसो हुनु नारी दिवसको औचित्य माथी नै गम्भीर प्रश्न हो ।