काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी गरेका छन् ।
नेकपाकै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने २ वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताएका हुन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकटका सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोहीअनुसार अघि बढ्न निर्देशन दिए राजधानीमा खबर छ।











