इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । दाङ प्रहरीले जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उप९महानगरपालीका ८ वस्ने तिलक वली, शरद रावत, समिर खड्का, सुरेन्द्र चौधरी, यादव राना, शिवु रावत, रेशम वली र सुरेन्द्र सेन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई घोराही ८ सेवारका सुरेन्द्र सेनको घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुबाट ६४ हजार ३०० नगद र पाँच थान तासका गड्डी पनि परामद गरेको प्रहरीले जनाएको छ ।











