एजेन्सी, १० फागुन । मेक्सिकोमा सैन्य विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो ।

mmcएमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् । विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।