काठमाडौं, ४ फागुन । नेपाल बार एसोसिएशन महिला समितिका पदाधिकारीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृह मन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

bhagarathi bhattaमङ्गलबार गृह मन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्नेमाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित तथा उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

नेपाल बार एसोसिएशनकी उपाध्यक्ष एवं नेपाल बार एसोसिएशन महिला समितिकी अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटनालगायत देशव्यापीरूपमा भएका बलात्कारका घटनाहरूको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानुनी कारबाही गर्न माग गरिएको बताइन् ।