तिर्थराज ज्ञवाली
देउखुरी, १ पुस । दाङ राप्ती गाउँपालिका ६ का २५ महिलाहरुलाई परम्परागत सीप हस्तान्तरणका लागि ढकीया बुनाई तालिम सुरु भएको छ ।
आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईयाँ, ढकीया, डेलवाँ, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामग्रीको संरक्षणका लागि ढकीयाँ बुनाई तालिम सुरु भएको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप मुलक तालिम अन्तरगत सगरापुर, बगरापुर, भगवानपुर, मझेरीयाँ र पत्थरगढवा गाउँका करिव ५० जना महिलाहरुलाई सीप प्रदान गर्ने योजना अनुसार प्रथम चरणमा २५ जनालाई तालिम सुरु गरिएको हो ।
बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गरे । तालिम पुस २० गतेसम्म चल्ने छ ।











