इन्द्रेणी संवाददाता
काठमाडौं, २९ मंसिर । नेपालमा आज ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४२ जना निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।
अब नेपालमा दश हजार ९५५ जनामा मात्रै सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोनाबाट ज्यान गएको छ । यो सँगै मर्नैको संख्या एक हजार ७१८ पुगेको छ ।











