तिर्थराज ज्ञवाली
देउखुरी, २८ मंसिर । गढवा गाउँपालिका वडहरास्थित कुलपानी सामुदायिक वन समूहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको उद्घाटन गरिएको छ ।

k9परम्परागत काष्ठ सामग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेशका तीन प्रदेश सभा सदस्य तथा दुई गाउँपालिका अध्यक्षले संयुत्तm रुपमा ढिकी कुटेर र कोल पेलेर उद्घाटन गरेका हुन् ।

कुलपानी समूह, स्थानीय पालिका, वन महासंघ, वन कार्यालय, स्थानीय उपभोक्ता, हरियोबन कार्यक्रम तथा ब्यक्तिगत सहयोग दाताको संयुत्तm लगानीमा सुरु गरिएको परम्परागत काष्ठ सामग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र इन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले संयुत्त रुपमा उद्घाटन गरे ।

पर्यापर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ समूहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठ जन्य सामाग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्राहलयको स्थापना गरिएको र आगामी दिनमा धेरै भन्दा धेरै पुरानो चलनमा प्रयोग हुदै आएका काठका सामाग्री संग्राहलयमा राखीने समूहका अध्यक्ष नवराज शर्माले उद्घाटन कार्यक्रममा जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र इन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले कुलपानी समुहले सुरु गरेको हरित पार्क, धार्मीक पर्यटकीय स्थल, सिमसार संरक्षण, ताल तलैया तथा काठका सामग्री संग्राहलयको विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा काष्ठ संग्राहलयको ब्यवस्थापनका लागि समुहलाई तिन लाख रुपैया समेत केन्द्रिय बन महासंघ, बन महासंघ दाङ र हरियो वन कार्यक्रमको तर्फवाट समूहका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । सो रकम संग्राहलयको स्थापना, संचालन, संरक्षण तथा भौतिक निर्माणमा प्रयोग गरिनेछ ।