दाङ, २६ मंसिर । तुलसीपुरको पातु खोलामा पुल बन्ने भएको छ । संघीय सरकार र प्रदेश सरकारको लगानीमा पातु खोलामा मोटरेवल पुल बन्न लागेको हो ।
तुलसीपुर–८ को टिकरी र वडा नंं.१० को राइखलियान जोड्न पातुखोला मोटरेवल पुलको विहीवार शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुलको शिलान्यास गरेका हुन् ।८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।











