काठमाडौं, २२ मंसिर। लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
ती व्यक्तिहरुले लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने गरेको प्रहरीले जनाएको छ । आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको बताइएको छ ।











