तिर्थराज ज्ञवाली
देउखुरी, १५ मंसिर । राप्ती गाउँपालिकाको स्थानीय विपद तथा उत्थानशील योजनाको मस्यौदामाथि छलफल गरिएको छ ।
राप्ती गाउँपालिकामा समुदायमा सहभागीतात्मक संकटासन्नता र क्षमता लेखाजोखा गरी स्थानिय विपद तथा उत्थानशील योजनाको मस्यौदा माथि अन्तिम रुप दिने उदेश्यले छलफल गरिएको हो ।
वन वातावरण तथा विपद् ब्यवस्थापन समिति संयोजक बेदप्रसाद चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको छलफलमा नामसालिङ सामुदायिक विकास केन्द्रको तर्फवाट सहजिकरण गरिएको थियो ।
छलफलमा राप्ती गाउँपालिकाको प्रविधिमा आधारीत डिजीटल फ्यास बोर्ड समेत नामसिलिङ सामुदायिक विकास केन्द्र ईलामले तयारी गरेको बारेमा समेत जानकारी गरिएको छ ।
गाउँपालिकाको सामाजिक आर्थिक विवरणहरु संकलन गर्ने क्रममा जिपीयस लोकेशनहरुलाई नक्सा मार्फत गुगल नक्सामा संकेत गरि सो कम्प्युटर प्रविधिमा आधारीत डिजीटल फ्यास बोड तयार गरिएको समेत जानकारी गरिएको हो । डिजीटल फ्यास बोर्ड मार्फत राप्तीगाउँपालिकाको नक्सा र बिभिन्न तथ्याङ्कहरु हेर्न सकिने छ ।
साथै स्थानीय विपद तथा उत्थानशील योजनामा उद्धार, राहत र पुर्वतयारीका कार्यहरुमा प्रभावित समुदायको समान पहुचको सुनिश्चितता स्थानीय श्रोत साधन र प्रविधिको पहिचान, उद्धार तथा राहत जस्ता कार्यमा प्रभावित समूदायको समान प्रत्याभूति, आपतकालीन समयमा सूचना र जानकारीलाई ब्यवस्थित गर्ने लगायत ५ मुख्य विषयमा छलफल गरिएको छ ।











