बागलुङ, १४ मंसिर । बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएर दुर्घटना भएको छ । कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासी चिल ठोक्किएको थियो ।

heliचिल ठोक्किएर सिसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो ।

गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो । हेलिकोप्टरमा सवार सबै सुरक्षित रहेको बताइएको छ ।