गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

accdentइस्मा ४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा घटनास्थलमै पाँच जनाको ज्यान गएको हो । मृत्यु हुनेमा इस्मा ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् । जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए ।