इन्द्रेणी संवाददाता
दाङ, ७ मंसिर । कोरोना जोखिमका कारण भौतिक रुपमा सञ्चालन बन्द रहेका घोराही उपमहानगरपालिकाभित्रका विद्यालयहरु आज आइतवारदेखि खुल्ने भएका छन् ।

schoolउपमहानगरपालिकाअन्गर्ततको शिक्षा युवा तथा खेलकुद महाशाखाले सरकारले लागु गरेको सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्ने अनुमति दिएपछि विद्यालयहरु आजदेखि सञ्चालनमा आउने भएका हुन् ।

मंसिर ७ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने र मंसिर १० गतेदेखि स्कूल बस समेत सञ्चालन गर्न दिने महाशाखाको केही दिन अघि बसेको बैठकले निर्णय गरेको थियो । विद्यालय सञ्चालन गर्दा भने स्वास्थ्य सुरक्षा मापदयड पालना गर्नुपर्ने, एउटा वेच्चमा दुई जना विद्यार्थी राखेर पठन्पाठन गर्नुपर्ने र स्कूल वसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने महाशाखाले जनाएको छ ।

विद्यालय विहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । यसअघि यहाँका विद्यालयहरुले विभिन्न सिकाइ केन्द्र र अनलाइनको माध्यमबाट पठन्पाठन गराउदै आएका थिए । संघीय सरकारले स्कूल सञ्चालनको निर्णय स्थानीय तहले नै गर्न सक्ने अधिकार प्रदान गरिसकेको छ ।