इन्द्रेणी संवाददाता
दाङ, ५ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुरस्थित मालपोत कार्यालयका दुई जना कर्मचारीलाई घुस लिदैगर्दा रंगेहात पक्राउ गरेको छ ।
उनीहरुलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियार कार्यालय नेपालगञ्जले जानकारी दिएका छन् । दुई जनालाई सेवाग्राहीबाट आज शुक्रवार दिउँसो घुस लिलैगरेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुन्धामाथि थप अनुसन भइरहेको अख्तियारले जनाएको छ ।











