इन्द्रेणी संवाददाता
काठमाडौं, २१ असोज । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

mask-coronपछिल्लो २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा कोरोना संक्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले बताउदै आएको थियो ।