इन्द्रेणी संवाददाता
काठमाडौं, १८ असोज । नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ५३५ पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा १० हजार ३२६ जना रहेका छन् । होम आईसोलेशनमा ११ हजार ८९३ जना रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । आइतवार थप १ हजार ३२९ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।











