इन्द्रेणी संवाददाता
काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ ।

kokoओलीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ । ओलीका तीन जना सल्लाहकारहरुले आफूहरुलाई कोरोना संक्रमण भएको समाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन् ।