इन्द्रेणी संवाददाता
चितवन, १७ असोज । आज विहानै त्रिशूली नदीमा ट्रक खसेको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका–४ कुरिनटार आरएसआर होटल नजिकको मोडबाट ट्रक त्रिशूलीमा खस्दा चालकसहित तीन जना घाइते भएका छन् ।

accdentएकजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक शनिवार बिहान पौने पाँच बजे सडकबाट तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका–७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र ट्रकमा रहेका धादिङ थाक्रेका २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा घाइते भएका छन् । अर्जुनको अवस्थ गम्भीर छ ।