काठमाडौं, १५ असोज । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ ।

kkअमेरिकाका लागि नेपाली राजदूतमा डा। युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।

बैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लोकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा. खतिवडा केही समय पहिलासम्म अर्थमन्त्री रहेका थिए ।