इन्द्रेणी संवाददाता
काठमाडौं, २ असोज। नेपालमा आज शुक्रवार एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaआज थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ३९० जनाको मृत्यु पुष्टि भएको छ ।

हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २४३ जना रहेको छ । हाल होम आईसोलेशनमा ८ हजार ८८८जना रहेका छन् ।

विगत २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । नेपालमा कूल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । शुक्रवार मात्रै ८७१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा १७३ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन् । संस्थागत आईसोलेशनमा हाल ९ हजार २९५ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना छन् ।