इन्द्रेणी संवाददाता
बाँके, २ असोज । बाँकेमा आज शुक्रवार एकैदिन ६० जनाले कोरोनालाई जितेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहेका ६० जना कोरोना डिस्चार्ज भएर घर फर्किएका छन् ।बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार निको भएर घर जानेहरुमा ६० वर्षका एक महिला समेत छन् ।
भदौ १८ गते संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेससन रहेका जिल्लाका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि निको भएको प्रमाणपत्र दिएर घर पठाइएको हो । हालसम्म बाँकेमा १ हजार १९२ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।











