इन्द्रेणी संवाददाता
काठमाडौं, १ असोज। नेपालमा आज बिहीवार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेका संख्या ३८३ पुगेको छ ।
हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।











