इन्द्रेणी संवाददाता
काठमाडौं, १ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका हुन् ।
सभापति देउवाको पनि स्वाब संकलन गर्ने र परीक्षणको रिपोर्ट नआउँदासम्मका लागि पाँच दिन होम आइसोलेसनमा बस्ने उनको निजी सचिवालयले जनाएको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल समेत स्थगित हुने भएको छ।











